तुलसीपुर मेट्रो अस्पतालमा तेस्रो भेरियन्टको तयारी
तुलसीपुर मेट्रो अस्पतालले तेस्रो भेरियन्टका लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोभिडलाई निरन्तरता दिँदै बालबालिकामा देखिन सक्ने अनुमान गरिएको तेस्रो भेरियन्टको महामारीबाट बच्न अपनाउनुपर्ने सबै उपायहरु अबलम्बन गर्ने निर्णय गरेको हो । त्यसका लागि थप भौतिक संरचना, निर्माण, व्यवस्थापनका लागि स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, फर्निचर खरिद तथा सहयोगका लागि दाताहरुसँग पनि पहल गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रकाश साहुलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्मा, प्रमुख प्रशासकीय अधिकृत भास्कर गौतम, स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, डा. ज्ञानेन्द्र पाण्डे लगायतले कोरोना महामारीमा गरेको कामको समीक्षा गरेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य निरीक्षक विमला केसीले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण