चर्को भाडा असुल्ने चालक पक्राउ
गोरखा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई पक्राउ गरिएको छ । निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अवस्थामा बा५ख १०७३ र बा५ख १०७७ नंको माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए ।
“बाह्य जिल्लाबाट सवारी साधन जिल्लाभित्र प्रवेश गर्न नपाइने र जिल्ला भित्रन नपाउने भए पनि सामाजिक सञ्जालमा सूचना नै राखेर सम्र्पक गरी यात्रु बोकेर ल्याउने गरेको रहेछ”, उनले भने, “विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेका सवारी चालकले गोरखाबाट काठमाडौँसम्मको भाडा प्रतिव्यक्ति रु एक हजार असुलेको पाइएको एसपी खनालले जानकारी दिए ।
गोरखा–काठमाडौँ भाडादर रु ४५० रहेको छ । “दुवै सवारी चालकले तोकिएको भाडा दरभन्दा झण्डै दोब्बर भाडा असुलेको पाइयो”, उनले भने, “अर्कोतिर एक जिल्लाबाट अर्को जिल्लामा सवारी साधान सञ्चालन गर्न पाइँदैन ।” जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार असार २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लाभित्र भने सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरिएको थियो । पक्राउ परेका सवारी चालकलाई निषेधाज्ञा उल्लङ्घनको कसुरमा कारवाही हुने एसपी खनालले जानकारी दिनुभयो । निषेधाज्ञाको उल्लङ्घन गरी बाह्य जिल्लाबाट यात्रुसहितको सवारी साधान भित्रने र बाहिरिने क्रम बढेपछि जिल्लाको प्रवेशको मुख्य नाका मझुवामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरी जाँच बढाए पनि यात्रु ओसारपसार गर्ने क्रम रोकिएको छैन । सवारी साधनले जाँच चौकीभन्दा नजिकै यात्रु झारेर हिँडाउने र जाँच चौकी कटेपछि पुनः यात्रु चढाएर ल्याउने लैजाने गरेको पाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त ५ सहकारीका ऋणीको नामावली सार्वजनिक
-
आगोका लप्का हौँ हामी सबै
-
सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध
-
बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण