रौतहटमा अफिमसहित २ युवक पक्राउ
आइतबार, २७ असार २०७८, १६ : २१
रौतहट प्रहरीले लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी ब्रम्हपुरी वसतपुरबाट खटिएको संयुक्त टोलीले राजदेवी नगरपालिका ३ चण्डिया गाउँबाट अफिमसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी २ बस्ने ३२ वर्षीय अनिल लामा र मकवानपुर बकैयाका सुकलाल वाइबा रहेका छन् । उनीहरुबाट बा ६० प.५३५ नम्बरको मोटरसाईकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुसँग १ किलो कालो पदार्थ लागुऔषध अफिमको चोप फेला परेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले बताए । उनीहरुलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद लिई न्यायिक हिरासतमा राखि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त ५ सहकारीका ऋणीको नामावली सार्वजनिक
-
आगोका लप्का हौँ हामी सबै
-
सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध
-
बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण