स्काउटको प्रमुख संरक्षक राष्ट्रपति बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताएका छन् । मन्त्री श्रेष्ठले आइतबार काठमाडौं उपत्यका भित्रका स्थानीय स्काउट समितिको दिक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाइलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताएका हुन् । अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको उनले उल्लेख गरे ।
उनले भने– ‘हरेक देशमा स्काउटको प्रमुख संरक्षक देशको राष्ट्राध्यक्ष हुने चलन छ । आजै म सभाध्यक्ष लोकबहादुर भण्डारीजी मार्फत् यहाँहरु समक्ष प्रस्ताव राख्न चाहान्छु, हाम्रो यो मुलुकको स्काउटको प्रमुख संरक्षक पनि सम्माननीय राष्ट्रपति हुनुपर्छ । हामीले राष्ट्रपतिज्यूलाई प्रमुख संरक्षक र कार्यकारी प्रमुख प्रधानमन्त्रीज्यूलाई संरक्षक र शिक्षामन्त्री अथवा युवा तथा खेलकुदमन्त्री संरक्षक । यो ढंगले अगाडि बढायो भने स्काउटको अझ गरिमा उठ्छ । स्काउटको अझ हाइट बढ्छ ।’
मन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीकै निर्देशनअनुरुप आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्यमार्फत १३ हजार विद्यालयमा स्काउट अनिवार्य गरिएको बताए । मन्त्री श्रेष्ठले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि स्काउटबाट प्रशिक्षित गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । स्काउटलाई अझै नयाँ र प्रभावकारी ढंगले अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन