यूरोकप फाइनल भिडन्त : कुन नेता कसको पक्षमा ?
यूरोकप २०२० को उपाधिका लागि फाइनल भिडन्त हुँदैछ । इटली र इङ्ल्याण्डबीच नेपाली समयअनुसार राती पौने १ बजे लन्डनको बेम्बली रंगशालामा खेल हुँदैछ । फुटबलका हस्ती राष्ट्रहरुको फाइनल भिडन्त हेर्न दर्शकहरु प्रतिक्षा गरेर बसिरहेका छन् ।
नेपालका राजनीतिक दलका नेताहरु पनि फुटबल प्रेमी छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल फुटबल खेलका पारखी हुन् । अघिल्ला वर्षहरुमा भएका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका खेल हेर्ने गरेका उनले यो वर्ष जनै खटिरा आएका कारण आराम गरेर बसेका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि फुटबल खेल मन पर्छ । पहिले पहिले प्रतियोगिताहरु हेर्ने गरेपनि अहिले रुची नभएको बताए । उनले भने– ‘पहिले पहिले धेरै हेर्थे । अहिले त्यति रुची छैन् । फेरि निकै राती रहेछ । त्यतिबेलासम्म त म निदाइसक्छु ।’
यता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि पहिले पहिले फुटबल खेलमा रुची भएपनि अहिले खासै रुची नरहेको बताए । उनले आज हुने यूरोकप फाइनल हेर्ने मनस्थितिमा आफू नरहेको बताए । यस्तै एमालेका नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले भने आजको यूरोकपमा इटलीको समर्थन गर्ने बताएका छन् । उनले फुटबल क्लब नै क्लबका महारथीहरूको भिडन्त सितिमिति नजुर्ने बताउँदै इटलीको काउन्टर अट्याक र फिनिसिङ राम्रो रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण