दाङमा रेडपाण्डाको छालासहित २ जना पक्राउ
बुधबार, ३० असार २०७८, १५ : २३
दाङमा प्रतिबन्धित वन्यजन्तु (रेडपाण्डा)को छालासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका ८ निवासी ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ हाल जुनीचाँदी गाउँपालिका ७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म २ फिट १० इन्च लम्बाई भएको नङ्ग्रा सहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुंगा सानो ठूलो गरी ३२ पिस र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण