कर्णाली प्रदेशसभाको बर्षे अधिवेशन अन्त्य
कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको बुधबार बसेको बैठकले असार ३० गते राती १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो । बुधबार दिउँसो ३ बजे बसेको प्रदेशसभाको आठौँ अधिवेशनको १८ औं बैठक एमालेले कार्यसूचीमा प्रवेश गर्न दिएको थिएन ।
त्यसपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि बैठक सूचारु नै हुन सकेन । त्यो बीचमा सर्वदलीय बैठक बसेपनि सहमति जुट्न नसकेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । सर्वदलीय सहमति जुटाउन नसकेपछि अब बजेट अध्यादेशबाट आउने निश्चित भएको छ ।
यसैबीच कर्णाली प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको जनाएको छ । बुधबार राती एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसअनुसार अधिवेशन अन्त्य गरिएको उक्त कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक