प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
शनिबार, ०२ साउन २०७८, १४ : २३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी छ । शनिबार दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।
उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको स्रोतले रातोपाटीलाई जानकारी दियो । सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भइरहेको बताइएको बुझिएको छ ।
स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उनीहरुबीच छलफल भइरहेको छ ।
नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उनकै निवास गरेर छलफल गरेका थिए । छलफलमा नेपालले संसद बचाउन भएपनि सरकारलाई विश्वासको मत दिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण