श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पाइलट धरौटीमा रिहा
शुक्रबार, ०८ साउन २०८३, १४ : २५
सारांश
- श्रीमतीलाई कुटपिट गरेको आरोपमा ललितपुरबाट पक्राउ परेका बुद्ध एयरका पाइलट आदित्य कसजु धरौटीमा छुटेका छन्।
- जिल्ला प्रशासन कार्यालयको आदेशमा उनलाई २० हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
- प्रहरीले पाइलट कसजुलाई आवेशमा आएर कुटपिट गर्न नहुने कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
काठमाडौँ । श्रीमतीलाई कुटपिट गरेको आरोपमा ललितपुरबाट पक्राउ परेका पाइलट आदित्य कसजु धरौटीमा छुटेका छन्। असार अन्तिम साता पक्राउ परेका कसजु बुद्ध एयरका पाइलट हुन्।
जिल्ला प्रशासन कार्यालयको आदेशमा उनलाई २० हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए।
प्रहरीले उनीविरूद्ध आवेशमा आएर कुटपिट गर्न नहुने कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। उनलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । दम्पतीको बिचमा केही समयदेखि विवाद रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण