अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
ओखलढुंगामा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ३२ वर्षीय सुत्केरी सुनिता लामिछानेको अत्याधिक रक्तश्रावका कारण ज्यान भएको हो । बिहीबार बेलुकादेखि सुत्केरी बेथा लागेर छट्पटाएकी लामिछानेले शुक्रबार बिहान परिवारको तेस्रो सदस्यको रुपमा छोरीलाई जन्म दिएकी थिइन् ।
छोरीलाई जन्म दिएको केही समयपछि अत्याधिक पेट दुख्ने तथा रगत बग्ने समस्या देखिएपछि अस्पताल ल्याउदै गर्दा बाटोमा उनको ज्यान गएको मोलुङ गाउँपालिका ७ का वडाअध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए । मृतक लामिछानेलाई स्थानीय स्वास्थ्य चौकीले गत असार २२ गतेको समय दिएको भएपनि साउन १ गते सुत्केरी बेथाले च्यापेको थियो ।
घरैमा सुत्केरी भएका उनलाई अत्याधिक रक्तश्रावपछि स्थानीय स्वास्थ्य चौकीमा बोकेर उपचारका लागि लगिएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला सदरमुकाम ल्याउँदै गर्दा उनको ज्यान गएको वडाअध्यक्ष सुनुवारले बताए । उनको यसअघि एक छोरा र एक छोरी रहेका छन् । तेस्रो सन्तानको रुपमा जन्मिएकी छोरीको अवस्था सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण