विश्वासको मत माग्दै देउवाले भने : राजनीतिक दल एक अर्काका शत्रु होइनौँ
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । ‘दिनहुँ संक्रमण बढिरहेको छ । दैनिक रुपले मानिसहरु मरिरहेका छन् । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ संसद्मा विश्वासको मत माग्दै उनले भने,‘कोभिड १९ को रोकथामका लागि अहोरात्र खट्ने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । कोभिड १९ को प्रकोपबाट जोगाउनु यो पहिलो प्राथमिकता प्राथमिकता हा । नियन्त्रणका लागि सबै उपायहरु अबलम्बन गर्ने प्रतिबद्धता गर्दछु ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र प्रतिपक्ष सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताएका छन् । कोभिड १९ लोकतन्त्रको चुनौती रहेको उनले बताए । ‘गरिबी र बेरोजगारी जस्ता चुनौती पनि छन्,’ उनले भने,‘ हामी सबैले मिलेर राम्रो काम गर्नु पर्दछ भन्न चाहन्छु । राजनीति दल एक अर्काका शत्रु होइनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
