बौद्धबाट ५ जना जुवाडे पक्राउ
सोमबार, ०४ साउन २०७८, १२ : ४५

काठमाडौंको बौद्ध स्थित तिनचुली बिगमार्ट नजिकैबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी घर भएकी ३५ वर्षीया तारा थापासहित पाँच जना छन् ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित वीरेन्द्र लामाको घरमा सञ्चालित सो जुवा खालबाट ४० हजार नगद र ३ बुक तास बरामद गरेको छ । हारजित हुनेगरी जुवा खेल्नेहरूमाथि मुद्दा चलाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा