दोस्रो पटक भगवानको भूमिका गर्दै अक्षयकुमार
बलिउड अभिनेता अक्षयकुमार फेरि भगवानको भूमिकामा देखिने भएका छन् । फिल्म ‘ओ माई गड २’मा उनी दोस्रो पटक भगवानको भूमिकामा देखिन लागेका हुन् । यस अगाडि यसै फिल्मको पहिलो सिक्वेलमा उनले यस्तो भूमिका निर्वाह गरेका थिए ।
बलिउडमा फिल्म ‘ओ माई गड’को सिक्वेलका लागि लामो समयदेखि कसरत र चर्चा थियो । अहिले भने फिल्मको सिक्वेल बन्ने तयारी पुरा भएको बताइएको छ ।
‘ओ माई गड’को सिक्वेलमा अक्षयकुमार परेश रावलसँग भने देखिने छैनन् । यो फिल्मका लागि रावलको स्थानमा पंकज त्रिपाठी भित्रिएका छन् । साथै फिल्मका निर्देशक समेत फेरिएका छन् । ‘ओ माई गड’ उमेश शुक्लाले निर्देशन गरेका थिए भने अवको सिक्वेलका निर्देशक अमित राय हुन् ।
फिल्ममा अक्षयकुमार, पंकजको अलवा यामी गौतम पनि मुख्य भूमिका रहनेछिन् । फिल्मको सुटिङ अगस्टमा सुरु हुनेछ ।
फिल्मका लागि अक्षयकुमारले १५ दिनको समय निर्देशकका लागि दिएका छन् । अक्षयकुमार यो फिल्म अगाडि ‘बेल बोटम’ सुटिङ पुरा गर्नेछन् । जसका लागि उनी इग्ल्याण उड्नेछन् । त्यहाँबाट फर्किए लगत्तै उनले ‘ओ माइ गड २’ सुटिङ गर्ने सेड्यूल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण