चाँदीका गरगहनासहित एक व्यक्ति पक्राउ
बुधबार, ०६ साउन २०७८, १७ : ४७
प्रहरीले वीरगञ्जबाट ५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहना सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट ५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहनासहित चितवन खैरेनी नगरपालिका–२ श्रीया ज्वेलर्सका सञ्चालक सप्तरी राजविराज उपमहानगरपालिका–२ मेघराका ४३ वर्षीय अंगत साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट अवैध रूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो । उनलाई उक्त चाँदीसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण