ट्राफिक प्रहरीलाई १५ सय घुस दिन खोज्दा...
शनिबार, ०९ साउन २०७८, ११ : १५
ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा दुई जना हिरासतमा पुगेका छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको अस्थायी ट्राफिक पोष्ट सुब्बा कुनामा सावरी चेकजाँचका क्रममा एक हजार पाँच सय घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
सुर्खेतदेखि नेपालगन्जतर्फ जाँदै गरेको भे ७ प ४८८ नम्बरको मोटरसाइकल चालकसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ। ‘ चेकजाँचका क्रममा बिल बुक नभएको र उल्टै ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका–३ का २५ वर्षीय नरेन्द्र नेपाली र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कमल नेपालीले रहेका छन् । उनीहरूलाई ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पठाएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण