ट्राफिक प्रहरीलाई १५ सय घुस दिन खोज्दा...
शनिबार, ०९ साउन २०७८, ११ : १५

ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा दुई जना हिरासतमा पुगेका छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको अस्थायी ट्राफिक पोष्ट सुब्बा कुनामा सावरी चेकजाँचका क्रममा एक हजार पाँच सय घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
सुर्खेतदेखि नेपालगन्जतर्फ जाँदै गरेको भे ७ प ४८८ नम्बरको मोटरसाइकल चालकसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ। ‘ चेकजाँचका क्रममा बिल बुक नभएको र उल्टै ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका–३ का २५ वर्षीय नरेन्द्र नेपाली र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कमल नेपालीले रहेका छन् । उनीहरूलाई ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पठाएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत