भन्सार छलेर ल्याएको सुर्ती र रेडिमेट कपडा बरामद
आइतबार, १० साउन २०७८, २३ : ०३
सुर्खेत प्रहरीले भन्सार छलेर ल्याएको सुपर पावर सुर्ती र रेडिमेट कपडा बरामद गरेको छ । नेपालगञ्जबाट सुर्खेततर्फ ल्याइँदै गरेको सुपर पावर सुर्ती १ हजार ६७४ पिस र विभिन्न किसिमका काँचो तथा रेडिमेट कपडा गरी एक लाख ४० हजार १० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीका अनुसार नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा ५ ख ४५५८ नम्बरको फोर्स गाडीमा चेकजाँच गर्दा उक्त सामान भेटिएको हो । ‘हामीले बरामद गरेको सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर बाँकेमा पठाइएको छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण