कर्णालीमा कोरोना : ६५ डिस्चार्ज हुँदा ५९ थपिए
कर्णाली प्रदेशमा बुधबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ५९ जना थपिँदा ६५ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । यो सँगै कर्णालीमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या २८ हजार १६ पुगेको छ भने ६३४ जना सक्रिय संक्रमित रहेका छन् ।
आज ६७ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ३४ जना र १३९ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २७ जना कोरोना पुष्टि भएको हो । बुधबार सबैभन्दा धेरै प्रदेश राजधानी समेत रहेको सुर्खेतमा १५ जना कोरोना संक्रमण देखिएको छ। यस्तै जुम्लामा १३, कालिकोटमा ८, मुगुमा ७, रुकुम पश्चिम र दैलेखमा ५÷५ हुम्लामा २ सल्यानमा २ र अन्य ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
बुधबार कोरोना संक्रमण देखिनेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ । यस्तै प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६१ रहेको छ भने बुधबार कोरोनाका कारण कसैले ज्यान गुमाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण