झुक्याएर नागरिकता लिने ‘बाबु–छोरी’ पक्राउ
स्थानीय प्रशासनलाई झुक्याएर नागरिकता लिने ‘बावु–छोरी’लाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ घर भएका धुरुपप्रसाद पटेल र भारत घर भएकी २८ वर्षीया युवती कविताकुमारी पटेल उर्फ सीता छिन् । ५१ वर्षीय धुरुपप्रसादले बावु बनेर कविता आफ्नो ‘छोरी हुन्’ भन्दै जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेर नागरिकता दिलाएका थिए ।
कविताको साथमा फेला परेको नागरिकता २०७० पुस ११ मा जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको थियो । नागरिकता नम्बर–१०३५२ उल्लेखित सो नागरिकता झुटो विवरण पेश गरे लिएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।
बुधवार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले पक्राउ गरेर उनीहरुमाथि ७ दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । किर्ते गरेर नागरिकता लिनेलाई नागरिकता सम्बन्धी कसुरमा कारवाही हुने कानुनी ब्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त ५ सहकारीका ऋणीको नामावली सार्वजनिक
-
आगोका लप्का हौँ हामी सबै
-
सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध
-
बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण