२८ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ
बिहीबार, १४ साउन २०७८, १५ : ४८
दुई हजार जरिवाना र २८ दिन कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले उदयपुरको बेलका नगरपालिका–८ स्थित सेतीखोलाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–८ चुहाडे घर भएका ६६ वर्षीय पूर्ण बहादुर विष्टलाई पक्राउ गरेको हो ।
विष्टलाई जिल्ला अदालत उदयपुरले लागु औषध गाँजा मुद्दामा २ हजार जरिवाना र २८ दिन कैद सजाय हुने फैसला गरेको थियो । बुधवार पक्राउ गरेर विष्टलाई अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण