बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ
बिहीबार, १४ साउन २०७८, १६ : ३५
बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का छन् ।
बैंकिङ्ग कसुर मुद्दामा ४६ वर्षीय खड्कालाई उच्च अदालत पाटनले कसूरदार ठहर गरेको थियो । आफ्नो खातामा पुरा रकम नभएको जानी–जानी खड्काले एनआईसी एसिया बैंकको चेक लेखेर दिएका थिए । सो मुद्दामा उच्च अदालत पाटनले २०७८ वैशाख १४ मा जेल सजाय र जरिवाना हुने फैसला गरेको थियो । हात्तीगौडाबाट पक्राउ गरेर खड्कालाई ब्यूरोले अदालतमा उपस्थित गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण