‘नाडा’ को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता
अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ । नाडा केन्द्रीय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५ औं वार्षिक साधारणसभाको अवसर पारेर भदौ २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।
नयाँ नेतृत्व चयनका लागि नाडाको राष्ट्रिय अधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकले अधिवेशनको तयारीका लागि महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी ३ सदस्यीय समिति समेत गठन गरेको छ । अध्यक्ष दुलालले अधिवेशनलाई सफल बनाउन नाडाका सबै सदस्यहरुलाई लागि पर्न आह्वान समेत गरे ।
नाडाको कूल ३ हजार ३ सय ६५ जना सदस्य रहेका छन । २० जना केन्द्रिय कार्य समितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार नाडाका ८ संस्थागत एशोसिएसनका अध्यक्षले स्वतः केन्द्रिय कार्य समितिमा प्रतिनिधित्व गर्नेछन् ।
त्यसैगरी ४ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षको चयन निर्वाचित केन्द्रिय कार्य समितिको पहिलो बैठकले गर्नेछ । यसरी नाडाको कूल केन्द्रिय कार्य समितिको कूल संख्या २९ जनाको हुनेछ । अध्यक्ष दुलालले सदस्यता नवीकरण नगरेकाहरुको नवीकरणको अन्तिम मिति आगामी भाद्र १८ गतेसम्म रहने गरी कार्य तालिका तय गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण