राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
शुक्रबार, ०८ साउन २०८३, १६ : ४७
सारांश
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुशासन र पारदर्शितालाई ध्यानमा दिँदै गुनासो सुनुवाइको काम सुरु गरेको छ ।
- सेवाग्राहीको गुनासोलाई सम्भव भएसम्म समाधान गर्ने गरी प्रतिष्ठानले कदम चालेको छ ।
- प्रतिष्ठानले शाखा अधिकृत शालिकराम कालाथोकिलाई गुनासो सुन्ने अधिकारी तोकेको छ ।
काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुशासन र पारदर्शितालाई ध्यानमा दिँदै गुनासो सुनुवाइको काम सुरु गरेको छ । अस्पतालको सेवालाई चुस्त, दुरुस्त र बिरामी मैत्री बनाउन प्रतिष्ठानले विभिन्न स्थानमा राखेका सुझाव पेटिकामा सेवाग्राहीले राखेका गुनासोलाई समाधान गर्ने गरी काम अघि बढेको प्रतिष्ठानका अस्पताल निर्देशक तथा सह–प्राध्यापक डा.सुरेश रसाइलीले जानकारी दिए ।
रसाइलीले भने– ‘सेवाग्राहीको गुनासोलाई सम्भव भएसम्म समाधान गर्ने गरी हामीले यसतर्फ कदम चालेका छौँ, सुझाव पेटिका, फोन, म्यासेजमार्फत सेवाग्राहीले दिएका गुनासाहरूलाई हामीले समाधानको प्रयास गरेका छौँ ।’
प्रतिष्ठानले हालै मात्रै शाखा अधिकृत शालिकराम कालाथोकिलाई गुनासो सुन्ने अधिकारी तोकेर सेवाग्राहीका गुनासालाई सुन्ने काम सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण