दार्चुला घटना : आन्दोलनको आँधीबेरी ल्याउने युवा सङ्घको चेतावनी
आइतबार, १७ साउन २०७८, १७ : २५
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा दार्चुलामा महाकाली नदीमा नेपाली युवक बेपत्ता भएको घटनाको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार राजधानीमा प्रदर्शन गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गाला जान खोज्दा तुइन चुँडिएर स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् ।
तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी काट्दा धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयको आरोप छ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
युवा संघले यस विषयमा सरकार मौन बसेको बताउँदै तत्काल दोषीलाई कारवाही नगरिए आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण