साउन २७ गतेभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने एमाले बैठकको निर्णय
नेकपा(एमाले)ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताए ।
उनले भने– ‘स्थायी कमिटीको बैठक जारी छ । भोली पनि बैठक हुन्छ । आज हामीले पार्टी सदस्यतालाई नवीकरण गर्ने र अद्यावधिक गर्ने समय सिमा तय गर्या छौँ । पहिले नै निर्देशन दिइसकेको हो । अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीको तर्फबाट सदस्यता नवीकरण र अद्यावधिक गर्ने कुरा केन्द्रमा पठाइसक्नुपर्छ । यो किन गर्नुपरेको हो भने भदौँ २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछौँ । विधान महाधिवेशनको लागि सदस्यता नवीकरण, अद्यावधिक गर्ने कुरा टुंग्याइसक्नुपर्ने भएकोले निर्णय गरेको छ ।’
महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताए । विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उनले बताए । उनले भने– ‘देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्छौँ । र असोज ९ गते हामी पालिकास्तरको अधिवेशन गरिसक्छौँ । यो पनि निर्णय भएको छ । र विधान अधिवेशन सम्बन्धमा अरु टुंगो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्दैछौँ ।’ एमाले स्थायी कमिटी बैठक भोली पनि बस्ने महासचिव पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण