शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश लोक सेवा आयोगद्वारा कर्मचारी भर्ना प्रक्रिया सुरु

मङ्गलबार, १९ साउन २०७८, १३ : २३
मङ्गलबार, १९ साउन २०७८

प्रदेश १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि अवश्यक कर्मचारीको भर्ना प्रक्रिया सुरुवात गरेको छ ।

प्रदेश १ को ६४ स्थानीय तहका लागि ८१ प्राविधिक कर्मचारीको भर्ना प्रकृया शुरु गरिएको हो ।

प्रदेश अन्तर्गतका स्थानीय सेवाका लागि केही पहिले आयोगले विभिन्न प्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन आह्वान गरेको थियो ।  जसको दरखास्त गएको वैशाख १९ गतेभित्र तोकिएको थियो ।

प्रदेश लोक सेवा आयोगका  अध्यक्ष उत्तम भट्टराईले पहिलो पटक प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको बताए ।

 असिस्टेन्ट सव इन्जिनियर र सव इन्जिनियर पदका लागि कर्मचारी माग गरिएकोमा १० हजार बढीको आवेदन गरेको  अध्यक्ष भट्टराईले जानकारी दिए ।

आवेदक मध्येबाट कर्मचारी छनौटका लागि साउन २८, २९ र ३० गते प्रदेशका विभिन्न १५ वटा विद्यालयमा परीक्षा केन्द्र तोकेर लिखित परीक्षा लिने तयारी भएको छ । लिखित परीक्षा पश्चात उत्तीर्ण परीक्षार्थीको मौखिक अन्तरवार्ता अन्तिम छनौट गरिनेछ ।

२०७६ भदौ १० गते प्रदेश १ को प्रदेशसभा बैठकबाट प्रदेश लोकसेवा आयोग विधेयक पारित भएको थियो ।

प्रदेशसभाले प्रदेश लोकसेवा आयोगको गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारितसँगै प्रदेश सरकारले आवश्यक कर्मचारी लोकसेवा मार्फत नियुक्ति गर्न बाटो खुलेको थियो । प्रदेश सरकारले पूर्व कृषि सचिव उत्तमकुमार भट्टराईलाई लोकसेवाको अध्यक्ष र  सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्व उपसचिव टीकादत्त राई र प्राध्यापक एवं साहित्यकार सजना दाहाललाई २०७६ माघ ९ गते नियुक्त गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप