भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
नयाँ दिल्ली । भारतले सन् २०२६ जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकको आयोजना गर्ने भएको छ । बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्ने विदेश मन्त्रालय (एमइए) ले शनिबार जनाएको छ ।
बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार/ब्रिक्स सदस्य राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूले वर्तमान विश्वले सामना गर्ने परम्परागत सुरक्षा चुनौतिहरूका विषयमा विचार आदान–प्रदान गर्ने जनाइएको छ ।
उनीहरूले राष्ट्रिय सुरक्षा चुनौतिहरूको द्रुत रूपमा विकसित प्रकृतिका साथै उदाउँदो सुरक्षा खतराहरूमा नयाँ प्रविधिको भूमिका बारेमा पनि छलफल गर्ने उल्लेख गरिएको छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले आतङ्कवादको प्रतिरोध र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा सुरक्षा सम्बन्धी हालै सम्पन्न ब्रिक्स संयुक्त कार्य समूहको परिणामको पनि समीक्षा गर्ने जनाइएको छ ।
भारतले यस अघि सन् २०१२ , २०१६ र २०२१ मा ब्रिक्सको अध्यक्षता गरेको थियो भने सन् २०२६ मा चौथो पटक ब्रिक्सको अध्यक्षता गरेको गर्ने जनाइएको छ ।
भारतको ब्रिक्स अध्यक्षता उद्धारता नवीनता, सहयोग र दिगोपनका लागि निर्माण विषयवस्तुद्वारा निर्देशित रहेको जनाइएको छ भने यसले सन् २०२५ को रियो शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले व्यक्त गरेको जन–केन्द्रित र मानवता लगायतका दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने जनाइएको छ ।
ब्रिक्सले विश्वका एघार प्रमुख उदीयमान बजार र विकासोन्मुख देशहरूलाई प्रथिनिभित्व गर्ने जनाइएको छ । जसमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रूस साउदी अरब, दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्सलगायतका राष्ट्रहरु समावेश छन् ।
यसले विश्वव्यापी तथा क्षेत्रीय महत्त्वका समकालीन मुद्दाहरू र विश्वव्यापी राजनीतिक र आर्थिक सवालहरुमा परामर्श र सहयोगका लागि उपयोगी मञ्चको रूपमा काम गर्ने जनाइएको छ ।
ब्रिक्स २०२६ का लागि आधिकारिक वेबसाइटमा ब्रिक्स एजेन्डा आपसी चासोका आर्थिक सवाल तथा प्रारम्भिक विषयमा उल्लेखनीय रूपमा विस्तार गरिएको छ । जसमा तीन मुख्य स्तम्भहरूमा राजनीति, सुरक्षा, अर्थव्यवस्था, सांस्कृतिक र जनता–जनता आदानप्रदानको वरिपरि संरचित रहेको जनाइएको छ ।
ब्रिक्स सहयोगले आतङ्कवाद विरुद्धको लडाइँ, जलवायु परिवर्तन, खाद्य र ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय आर्थिक र वित्तीय अवस्था, दूरसञ्चार, कृषि, श्रम र रोजगार, अन्तर्राष्ट्रिय वित्तीय संरचना, व्यापार र विश्व व्यापार संगठन लगायतका विषयमा सक्रिय रहेको वेबसाइटमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण