मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सदस्यता विवादले महाधिवेनशलाई कुनै असर गर्दैन : निधि

शुक्रबार, २२ साउन २०७८, १२ : ५५
शुक्रबार, २२ साउन २०७८

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा क्रियाशील सदस्यताको विवाद कायमै रहेपनि महाधिवेशनमा कुनै समस्या नपर्ने बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निधिले सो कुरा बताएका हुन् । यद्यपि, महाधिवेशन भदौमा हुने वा नहुने भन्ने कुरामा भने अन्योलता नै रहेको उनले बताए । उनले भने– ‘भदौमा महाधिवेशन हुन्छ, यदि भएन भने कहिले हुन्छ, त्यो पनि छिट्टै निर्क्यौल हुनेछ ।’ उनले आफुले सभापतिको उम्मेदवारी दिने कुरा पुनः दोहोर्याए ।  

निधिले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने दलहरूलाई समेट्न खोज्दा सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । एमालेका वरिष्ठ माधवकुमार नेपाल सहितका सबै दलहरूको सहभागितामा सरकार विस्तार गर्ने योजना रहेको समेत निधिले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप