सदस्यता विवादले महाधिवेनशलाई कुनै असर गर्दैन : निधि
शुक्रबार, २२ साउन २०७८, १२ : ५५
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा क्रियाशील सदस्यताको विवाद कायमै रहेपनि महाधिवेशनमा कुनै समस्या नपर्ने बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निधिले सो कुरा बताएका हुन् । यद्यपि, महाधिवेशन भदौमा हुने वा नहुने भन्ने कुरामा भने अन्योलता नै रहेको उनले बताए । उनले भने– ‘भदौमा महाधिवेशन हुन्छ, यदि भएन भने कहिले हुन्छ, त्यो पनि छिट्टै निर्क्यौल हुनेछ ।’ उनले आफुले सभापतिको उम्मेदवारी दिने कुरा पुनः दोहोर्याए ।
निधिले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने दलहरूलाई समेट्न खोज्दा सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । एमालेका वरिष्ठ माधवकुमार नेपाल सहितका सबै दलहरूको सहभागितामा सरकार विस्तार गर्ने योजना रहेको समेत निधिले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण