उदयपुर प्रहरीको अयोजनामा ‘रन फर फन’ प्रतियोगिता
जिल्ला प्रहरी कार्यालय उदयपुरले ८ किलोमिटर लामो दौड प्रतियोगिता ‘रन फर फन’ आयोजना गरेको छ । शनिवार १३५ जनाको सहभागितामा दौड प्रतियोगिता आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दौडमा प्रथम हुनेलाई १५ सय, दोस्रो स्थान जित्नेलाई १ हजार र तेस्रो स्थान हासिल गर्नेलाई ५ सय नगद पुरस्कार प्रदान गरिएको छ । कार्यालय सहयोगीतर्फ नवराज परियार प्रथम भएका छन् । ३५ वर्षसम्मको उमेर समूहमा रमेश चौधरी र ३५ वर्षभन्दा माथिको उमेर समूहमा कालुप्रसाद दराउ प्रथम भएका छन् । महिलातर्फ उषा राईले प्रथम स्थान हासिल गरेकी छिन् ।
कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, सेनाको रणशार्दुल गणका गणपति अर्जुन बोहरा, उदयपुरका एसपी सुवासचन्द्र बोहरा र सशस्त्र प्रहरी बल गण नम्बर–५ का एसपी सुधीर सुवेदी सहभागी थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले भुँडी ठुलो भएका प्रहरीलाई दैनिक दौडमा सहभागी गराउने गरेको छ ।
‘स्मार्ट पुलिस’ तयार गर्नका लागि ठुलो भुँडी भएका प्रहरीलाई दौडाउने गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटी बताए । ‘भुँडी ठुलो भएका प्रहरी कर्मचारीलाई बिहान दैनिक १० किलोमिटर दौडाउँछौँ’ एसपी बोहराले भने–‘उनीहरुसँगै म पनि दौडिन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
-
विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण