बिग बोस ओटीटीमा नेहा : १० वर्षको उमेरमा शारीरिक शोषणको शिकार, अनु मलिकमाथि यौनशोषणको आरोप
भारतीय संगित क्षेत्रमा सफल गायिका नेहा भसीन बिग बोसको १५ औँ सिजन बिग बोस ओटीटीमा सहभागी हुन पुगेकी छन् । उनले ‘जग घुमेया’, ‘दिल दिया गल्ला’ र ‘इश्क दी चाशनी’ जस्ता चर्चित गीत गाएकी छन् ।
चर्चित गीतबाहेक उनी समयसमयमा विवादमा पनि आउने गरेकी छन् । उनी आफ्ना जीवनमा थुप्रै विवादमा समेत मुछिएकी छन् ।
उनले अघिल्लो वर्ष न्यूज एजेन्सी आईएएनएससँग कुराकानी गर्ने क्रममा ३७ वर्षीया गायिका नेहाले १० वर्षको उमेरमा शारीरिक शोषणको शिकार भएको बताएकी थिइन् । उनले हरिद्वारको एक धार्मिकस्थलमा उनी उनकी आमासँग गएकी थिइन् । उक्त समयमा आमाले उनलाई मन्दिरमा छोडेर गएकी थिइन् । ‘सोही समयमा अचानक एक व्यक्ति आए र मेरो पछाडि नराम्रो तरिकाले छुन थाल्यो । उसले मेरो पछाडि औँलाले चलाउन थाल्यो र म त्यहाँबाट भागेँ ।’ उनले आफ्ना विगत सुनाउँदै भनिन् ।
नेहाले अगाडि भनिन्, ‘केही वर्ष पछि एक व्यक्तिले मेरो छातीमा गलत तरिकाले हातले छोयो । मलाई त्यो घटना स्पष्ट रुपमा याद छ । मलाई त्यो मेरो नै गल्ती जस्तै लागेको थियो । अहिले त मानिसहरु सामाजिक सञ्जालमा छन् । मानिसहरु अहिले यसमा मानसिक, शारीरिक र भावनात्मक र धार्मिक रुपमा मानिसलाई प्रताडित गर्ने गर्छन् । म यसलाई अनुहार नभएको आतंकवादी मान्छु ।’
चर्चित गायक अनु मलिक उक्त समय विवादमा आएका जतिबेला सोन मोहपात्रा र श्वेता पाण्डेले उनीमाथि यौन शोषणको आरोप लगाएका थिए । अनुमाथि आरोप लागेपछि पनि कारबाही नभएपछि सोन र श्वेताले सामाजिक सञ्जालमा कारबाहीको माग गर्दै एक पोस्ट् लेखेका थिए । उक्त पोस्ट्मा नेहाले पनि आफूमाथि पनि नेहाले गलत व्यवहार गरेको भन्दै लेखेकी थिइन्, ‘म २१ वर्षकी थिएँ । म अनु मलिकको अफिस आफ्नो गीतको सिडी लिएर गएकी थिएँ । मैले सोचेको थिएँ अनुले मलाई गीत गाउने मौका दिनेछन् तर उनले ममाथि गलत व्यवहार गरे । म उनले नराम्रो व्यवहार देखाएपछि तल आमा हुनुहुन्छ भन्दै भागेको थिएँ ।’
उनलाई समय समयमा धम्की पनि आउने गरेको बताउँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण