घट्ला त इन्टरनेट सेवाको शुल्क ?
सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउन शुल्क घटाउने तयारी गरेको जनाएको छ । लिभिङ विट आइसिटीले आज आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिए।
एउटा किसानले पनि आफ्नो उत्पादनलाई टेक्लोलोजीसँग जोड्न सक्ने गरी बजारीकरण गर्न सजिलो गराउनका लागि इन्टरनेट सेवाको शुल्क घटाउन थालिएको उनको भनाइ छ । उनले डिजिटल नेपाल फ्रेमवर्क बनाउन सबै लाग्नुपर्ने धारणा राखे ।
प्रतिनिधिसभाको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टले सूचना प्रविधिको प्रयोग गरेर मात्र मुलुकमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिने बताइन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रबहादुर गुरुङले कोरोनाका कारण डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभाव पारेको भन्दै सूचना प्रविधिको विकास सरकारले भन्दा निजी क्षेत्रले गरेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि शिक्षा र प्रविधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताए ।
‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगितामा प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, काठमाडौँकी कक्षा १२ मा अध्ययनरत नेहा गिरीले जितेकी छन् । यस्तै द्वितीय बङ्गलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलरिया–६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्न राज्य माध्यमकि विद्यालय, बानेश्वरका कक्षा १० का ऋदम भेटवाल जिते ।
यस्तै तृतीय मनकामना माध्यमिक विद्यालय विर्तामोड, झापाका असिम डङ्गोल, त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक, ललितपुरका अनिश श्रेष्ठ, बुढानिलकण्ठ स्कुल, काठमाडौँका उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौंका विशेषता चौधरी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण