सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिग बोस ओटीटी : टास्क जित्नका लागि नेहाले रिद्धिमालाई गरिन् ‘लिप किस’

शनिबार, ३० साउन २०७८, १० : ४४
शनिबार, ३० साउन २०७८

बिग बोसको अर्को नयाँ सिजन ‘बिग बोस ओटीटी’ चर्चामा आउन थालेको छ । सबै प्रतिस्पर्धीहरु एक अर्कालाई हराउन प्रतिस्पर्धा चल्न सुरु भएको छ । उनीहरु टास्क जित्नका लागि जुनसुकै हद पार गर्न तयार देखिएका छन् । 

टास्क जित्नकै लागि नेहा भासिन र रिद्धिमा पण्डितले ‘लिप किस’ गरेका छन् । उनीहरुले ध्यान भंग गर्नका लागि नै चुम्बन गरेका हुन् । 

टास्कको समयमा राकेशको टीम र प्रतिकको टिमबीच प्रतिष्पर्धा चलिरहेको थियो । जसमा राकेशको टिममा भएका सबै जनालाई आफ्नो स्थानमा उभिन र बाँकी प्रतिस्पर्धीहरुलार्ई उनीहरुको ध्यान भंग गर्न कोसिस गर्नुपर्ने थियो । उनीहरुको ध्यान भंग गर्नका लागि नै उनीहरुले किस गरेका हुन् । 

अक्षरा सिंहको ओठमा रातो खुर्सानीको पाउडर लगाइएको थियो भने मुस्कान जट्टानामाथि चिसो पानी खन्याइएको थियो । तर, नेहा भासिनले रिद्धिमाको ध्यान भंग गर्न ओठमा चुम्बन गरिदिइन् । 

नेहाले चुम्बन गरेपछि सबै प्रतिस्पर्धी आश्चर्यमा परे । तर, रिद्धिमा भने आफ्नो स्थानबाट एक पाइला पनि सरिनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप