शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतोले भने, ‘असली जसपा हामीसँग छ’

सङ्घीय गणतन्त्रका लागि बहुल राज्यको अवधारणा आवश्यक : महतो
शनिबार, ३० साउन २०७८, १६ : ३९
शनिबार, ३० साउन २०७८

जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष) का वरिष्ठ नेता राजेन्द्र महतोले महन्थ ठाकुर अध्यक्ष रहेको पार्टी नै आधिकारिक जसपा रहेको दाबी गरेका छन् । जसपा महन्थ ठाकुर पक्षको बागमती प्रदेशले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दुई चार जना लोभी पापीको साथ पाएर कसैले आफ्नो आधिकारिक पार्टी हो भन्दै केही नहुने बताएका हुन् ।

'केही सदस्य सङ्ख्या बढी देखाउँदैमा पार्टी हुँदैन, पार्टीका लागि कार्यकर्ता हुनुपर्छ, सङ्गठन हुनुपर्छ जुन हामीसँग छ,' उनले भने, ‘असली जसपा हामी हौँ ।’ पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा चलिरहेको र अदालतले आफूहरूलाई न्याय दिने कुरामा विश्वस्त रहेको उनले बताए ।

उपेन्द्र यादवले नेतृत्व गरेको जसपा सत्ता र भत्ताका लागि बनेको पार्टी रहेको बताउँदै उनले भने आफूहरुको जसपा पहिचान र अधिकारका लागि लड्ने पार्टी रहेको दाबी गरे । देशको मुक्तिका लागि जसपा नेपालले सङ्घर्ष गर्ने दाबी गर्दै उनले यसका लागि सङ्गठनलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

यो देशमा जनतालाई जे चाहिएको छ, त्यो प्राप्त गर्न नसकिएको उल्लेख गर्दै उनले नेपाल सम्पूर्ण नेपालीको हुन नसकेको बताए । नेपाली जनताले बहुल राष्ट्रको कल्पना गरे पनि त्यो हुन नसकेको बताउँदै उनले बाइसी, चौबिसी राज्यहरू थियो तर भूगोलको एकीकरण भयो मनको एकीकरण नभएको गुनासो गरे ।

'नेपालीले नै नेपालमा आफ्नो पहिचान खोजिरहेका छन्,' उनले भने, 'नेपाल एकल जातीय राज्य रहेको छ, राज्य निर्माणको क्रममा छ र यसलाई चाँडै पूर्णता दिनुपर्छ ।' यो कार्य कम्युनिस्ट र काँग्रेसले गर्न नसकिने बताउँदै उनले ती दुवै दल नेपाल बनाउन असफल भइसकेका र त्यसको लागि जसपा नेपालले काम गर्न थालेको बताए ।

बहुल राज्यको अवधारणामा देशको संविधानलाई संशोधन गर्नुपर्ने बताउँदै उनले एकल जातीय शासनले गणतन्त्र नरहने र सङ्घीय गणतन्त्रका लागि बहुल राज्यको अवधारणाका आधारमा अघि बढ्नु पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप