राहुल गान्धीसहित भारतीय कांग्रेसको ट्वीटर एकाउन्ट ‘अनलक’
सामाजिक सञ्जाल ट्वीटरले भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र उनको पार्टीको आधिकारिक ट्वीटर एकाउन्ट अनलक गरिदिएको छ । यसअघि ६ दिनसम्म यी एकाउन्टहरू लक गरिएका थिए । ट्वीटरले आफ्नो नियमको पालना गर्दै यी एकाउन्टहरू लक गरिएको जनाउँदै आएको छ ।
यस अवधिमा कांग्रेस पार्टीसँग जोडिएका ५ हजार एकाउन्टहरू लक गरिएको थियो । गान्धीले पछिल्लो समय बलात्कारपछि हत्या गरिएकी एक दलित बालिकाको दाहसंस्कारको फोटो पोस्ट गरेका थिए, तस्बिरमा पीडित परिवार पनि देखिएको थियो । त्यसयता कांग्रेस पार्टीसँग जोडिएका धेरै एकाउन्टहरू लक भएका थिए ।
ट्वीटर अनलक भएपछि ट्वीटरमार्फत नै कांग्रेस पार्टीले पहिलो प्रतिक्रिया दिएको छ । ‘सत्यमेव जयते,’ पार्टीको ट्वीटर एकाउन्टमा लेखिएको छ ।
ट्वीटरले दियो यस्तो कारण
ट्वीटरले यस फैसलाबारे आफ्नो विज्ञप्ति जारी गरेको छ । ‘अपिल प्रक्रियाअन्तर्गत राहुल गान्धीले हाम्रो इन्डिया ग्रेवियान्स च्यानल (भारतमा ट्वीटरको गुनासो गर्ने मञ्च) को माध्यमबाट सम्बन्धित तस्बिर उपयोग गर्नका लागि भएको औपचारिक सहमतिको पत्रको एक प्रति दिएका छन्,’ ट्वीटरले भनेको छ,‘यही आधारमा एकाउन्ट अनलक गर्ने फैसला लिइएको छ ।’ तर भारतीय कानुनलाई ध्यानमा राख्दै त्यस ट्वीटलाई भारतमा हेर्नबाट रोक लगाइएको ट्वीटरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण