बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

शान्तीश्रीको गीतमा पुष्प र जिसुको रोमान्स

आइतबार, ३१ साउन २०७८, १२ : ५४
आइतबार, ३१ साउन २०७८

पछिल्लो समय चर्चामा रहेका कलाकार हुन् पुष्प खड्का । उनको ७० लाखमा गाडी किनेकोदेखि म्युजिक भिडियो अभिनयसम्म चर्चाको बिषय बनेका छन् । पुष्पकै अभिनय रहेको नयाँ गीत ‘हेर्ने हो र देखाइदिम’ सार्वजनिक भएको छ । गायिका शान्तीश्री परियार र यज्ञ वीकको स्वर, राजु सुनामको शब्द तथा संगीतमा रहेको गीतको भिडियो मोडलिङमा उनलाई जिसु कोइरालाले साथ दिएकी छन् ।

नेपाली लोक संगीतमा प्रयोग हुने द्धोअर्थी शब्दले बेलाबेलामा विवाद निम्त्याउने गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान समेत गीतमा दोहोरो अर्थ दिने शब्दहरू प्रयोग नगर्नका बारम्बार आग्रह गर्दै आएको छ ।  गायिका शान्तीश्री र यज्ञको यो गीतमा पनि ‘हेर्ने हो र देखाइदिम’ द्धोअर्थी शब्द प्रयोग भएको छ । टिकटकमा समेत यो हरफ चर्चामा छ । मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायाँकन, प्रवीण भट्टको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप