शान्तीश्रीको गीतमा पुष्प र जिसुको रोमान्स
पछिल्लो समय चर्चामा रहेका कलाकार हुन् पुष्प खड्का । उनको ७० लाखमा गाडी किनेकोदेखि म्युजिक भिडियो अभिनयसम्म चर्चाको बिषय बनेका छन् । पुष्पकै अभिनय रहेको नयाँ गीत ‘हेर्ने हो र देखाइदिम’ सार्वजनिक भएको छ । गायिका शान्तीश्री परियार र यज्ञ वीकको स्वर, राजु सुनामको शब्द तथा संगीतमा रहेको गीतको भिडियो मोडलिङमा उनलाई जिसु कोइरालाले साथ दिएकी छन् ।
नेपाली लोक संगीतमा प्रयोग हुने द्धोअर्थी शब्दले बेलाबेलामा विवाद निम्त्याउने गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान समेत गीतमा दोहोरो अर्थ दिने शब्दहरू प्रयोग नगर्नका बारम्बार आग्रह गर्दै आएको छ । गायिका शान्तीश्री र यज्ञको यो गीतमा पनि ‘हेर्ने हो र देखाइदिम’ द्धोअर्थी शब्द प्रयोग भएको छ । टिकटकमा समेत यो हरफ चर्चामा छ । मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायाँकन, प्रवीण भट्टको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण