शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गोकुल बास्कोटाको व्यङ्ग्य– दुनियाँभर मादल बज्दा पनि सरकार ब्यूँझिएन

‘सरकार कहाँ छ ? जनता जान्न चाहन्छन्’
सोमबार, ३२ साउन २०७८, १३ : ४६
सोमबार, ३२ साउन २०७८

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले अफगानिस्तान प्रकरणमा सरकार उदासिन देखिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सार्कको सदस्य राष्ट्र रहेको अफगानिस्तानमा त्यत्रो घटना हुँदा पनि सार्ककै अध्यक्ष राष्ट्र नेपालले त्यसबारे आफ्नो दृष्टिकोण राख्न नसकेको भन्दै आपत्ति जनाए ।

‘अफगानिस्तानमा २० वर्षपछि इतिहास दोहोरिएको छ । दुनियाँ चकित छ, त्रसित छ, किंकर्तव्यविमूढ छ,’ उनले भने, ‘विदेशी नागरिकहरु, त्यहाँ रहेका नेपालीहरु त्रस्त छन् ।’ उनले ‘परमादेश सरकार’ दुनियाँ भर मादल बज्दा पनि नब्यूँझिएको आरोप लगाए । ‘संकटमा परेका नेपालीले आफ्नो देश छ, आफ्नो देशमा सरकार छ भन्ने त्यहाँ रहेका नेपालीले थाहा पाएनन्,’ उनले भने, ‘अफगानिस्तानमा रहेका नागरिकको रक्षा हुनुपर्छ, तिनको फिर्तीको व्यवस्था हुनुपर्छ ।’

उनले अफगानिस्तानको घटना के हो भन्नेबारे सरकारले धारणा ल्याउनुपर्ने पनि बताए । ‘अफगानिस्तानको घटना क्रान्ति हो कि प्रतिक्रान्ति हो कि के हो ?’ उनले भने, ‘हाम्रो कुनै दृष्टिकोण छैन ?’ उनले यसबारे सरकारले दृष्टिकोण प्रस्ट पारोस् भन्दै रुलिङको माग समेत गरे । उनले भने, ‘सरकार कहाँ छ ? जनता जान्न चाहन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप