गोकुल बास्कोटाको व्यङ्ग्य– दुनियाँभर मादल बज्दा पनि सरकार ब्यूँझिएन
पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले अफगानिस्तान प्रकरणमा सरकार उदासिन देखिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सार्कको सदस्य राष्ट्र रहेको अफगानिस्तानमा त्यत्रो घटना हुँदा पनि सार्ककै अध्यक्ष राष्ट्र नेपालले त्यसबारे आफ्नो दृष्टिकोण राख्न नसकेको भन्दै आपत्ति जनाए ।
‘अफगानिस्तानमा २० वर्षपछि इतिहास दोहोरिएको छ । दुनियाँ चकित छ, त्रसित छ, किंकर्तव्यविमूढ छ,’ उनले भने, ‘विदेशी नागरिकहरु, त्यहाँ रहेका नेपालीहरु त्रस्त छन् ।’ उनले ‘परमादेश सरकार’ दुनियाँ भर मादल बज्दा पनि नब्यूँझिएको आरोप लगाए । ‘संकटमा परेका नेपालीले आफ्नो देश छ, आफ्नो देशमा सरकार छ भन्ने त्यहाँ रहेका नेपालीले थाहा पाएनन्,’ उनले भने, ‘अफगानिस्तानमा रहेका नागरिकको रक्षा हुनुपर्छ, तिनको फिर्तीको व्यवस्था हुनुपर्छ ।’
उनले अफगानिस्तानको घटना के हो भन्नेबारे सरकारले धारणा ल्याउनुपर्ने पनि बताए । ‘अफगानिस्तानको घटना क्रान्ति हो कि प्रतिक्रान्ति हो कि के हो ?’ उनले भने, ‘हाम्रो कुनै दृष्टिकोण छैन ?’ उनले यसबारे सरकारले दृष्टिकोण प्रस्ट पारोस् भन्दै रुलिङको माग समेत गरे । उनले भने, ‘सरकार कहाँ छ ? जनता जान्न चाहन्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण