सभामुख नआएपछि धर्ना छाडेर हिँडे एमाले सांसद् (भिडियोसहित)
नेकपा एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि सभामुखको च्याम्बरमा जारी धर्ना स्थगित गरेर हिँडेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायतका एक दर्जन सांसद पुगेका थिए । तर डेढ घण्टा बढी कुर्दा पनि सभामुख नआएपछि उनीहरु धर्ना छाडेर हिँडेका हुन् ।
यसअघि बिहीबार पनि पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दवाव दिँदै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । तर सो क्रममा एमाले सांसदहरुले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएपछि चर्काचर्की नै भएको थियो ।
एमाले सांसद शान्ता चौधरीले बिहीबार सभामुखले एमालेले कारबाही गरेको सांसदलाई पदमुक्त गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको आरोप लगाइन् । उनले आज भने सभामुखले आफूहरुसँग फेस गर्न नचाहेको आरोप लगाइन् ।
‘उहाँले आज हामीसँग फेस गर्न चाहनुभएन’ उनले सञ्चारकर्मीहरूसँग भनिन्, ‘हामीलाई उहाँ भागेको आभास भयो । उहाँ किन त्यसो गर्दै हुनुहुन्छ ? उहाँ कुनै दलको कार्यकर्ता होइन, एउटा संस्था हो । उहाँ जुन पदमा आसिन हुनुहुन्छ, त्यसको गरिमा भुल्दै हुनुहुन्छ भन्ने लाग्छ ।’ धर्नाका क्रममा सभामुखसँग सम्पर्क भएपनि आफू अर्को कार्यक्रममा व्यस्त रहेकाले आउन नभ्याउन जवाफ दिएको उनको भनाइ छ ।
उनले हिजो सभामुखसँग चर्काचर्की भएको स्वीकार्दै भनिन्, ‘हामीले किन ढिलासुस्ती गर्नुभएको छ, हिजो त माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई कारबाही गर्दा कारबाही सिफारिस गरेको २४ घण्टा नबित्दै सिफारिस गर्नुभयो । आज एमालेले कारबाही गर्दा किन बायस्ट हुनुभयो भन्दा उहाँ चर्किनु भयो । किन कसैलाई पाखा र कसैलाई पाखा भन्दै गर्दा उहाँ आफैँ चर्किनुभयो । चर्काचर्की परेकै हो । आज पनि आयौँ, उहाँले फोनमार्फत नै भएपनि यो विषयमा ध्यानाकर्षण भयो भन्नुभाछ ।’
आज पनि सभामुखले पदमुक्त गर्न आलटाल गरे एमाले चुप लागेर नबस्ने उनले चेतावनी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण