करिश्माले भनिन्- सुन्दरताले मात्र अभिनयमा टिकेको होइन
नेपाली चलचित्र क्षेत्रमा सदावहार सुन्दरीको रुपमा परिचित छिन् अभिनेत्रीको करिश्मा मानन्धर । अक्सर उनको सौन्दर्यको चर्चा हुने गर्दछ । अभिनयमा पनि राम्रो क्रेज बनाएर थुप्रै हिट फिल्म दिन सफल उनी जहाँ पुग्छिन् त्यहाँ सुन्दरताको चर्चा हुन्छ । शनिबार ‘अमिरा ब्युटी केयर’ को औपचारिक उद्घाटनमा पुगेकी करिश्माको शो समय पनि सुन्दरताको चर्चा भएको थियो ।
जहिले पनि सुन्दरताको कारण चर्चाको बिषय बन्ने करिश्मालाई फिल्ममा सुन्दरताकै कारण टिकेको आरोप पनि लाग्ने गरेको छ । तर, सुन्दरताकै कारण आफू फिल्ममा टिकेको मान्न तयार छैनन् उनी । त्यसैले कार्यक्रममा आफुले सुन्दरताकै कारण यति लामो यात्रा गरेको भन्न नमिल्ने बताइन् ।
‘फिल्म अभिनयमा मैले लामो यात्रा तय गरेको छु । यो सौभाग्य कमैले पाउँछन्’ उनले भनिन्, ‘त्यो मेरो मिहिनेत र अभिनय क्षमताका कारण सम्भव भएको हो ।’ आफु भाग्यमानी कलाकार भएको बताएकी उनले सुन्दरताले कहिल्यै पनि आफ्नो अभिनय छायाँमा नपारेको सुनाइन् ।
कार्यक्रममा आफ्नो अभिनय क्षमता औसत भएको उनले बताइन् । फिल्म ‘वसन्ती’ र ‘शुभकामना’ को आफ्नो काम आफुलाई धेरै मन परेको समेत सुनाएकी उनले भनिन्, ‘सुन्दरता सधैं रहँदैन । कलाकार टिक्ने अभिनयले हो ।’
आजको युगमा महिलासँगै पुरुषले पनि सुन्दरतामा ध्यान दिन थालेको करिश्माको बुझाई रहेको छ । ब्युटी पार्लर मोडल अमिता तामाङले सञ्चालनमा ल्याएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण