जनगायक जेबी टुहुरेको निधन, श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने
बिहीबार, १० भदौ २०७८, १३ : १८
जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको उपचारका क्रममा बयोधा अस्पतालमा बिहीबार निधन भएको हो । टुहुरे मङ्गलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष हुन् ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालकाअनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश