अमिताभका करोडपति बडीगार्ड !
अमिताभ बच्चनको बडीगार्ड रहेका मुम्बई प्रहरीका हेड कन्सटेबल जितेन्द्र शिन्देको सरुवा भएको छ । जितेन्द्रले अमिताभ बच्चनसँग वार्षिकरुपमा १.५ करोड भारतीय रुपैयाँ तलब बुझेको आरोप लागेपछि उनको सरुवा गरिएको छ । यो खबरपछि जितेन्द्रमाथि विभागीय जाँचको आदेश पनि दिइएको छ ।
मुम्बई प्रहरीको कमिश्नरका रूपमा आएपछि हेमन्त नागराले कुनै पनि प्रहरी अधिकारी चार वर्षभन्दा बढी एउटै प्रहरी कार्यालयमा बस्न नपाउने बताएका थिए । विभागका अनुसार यही नियम अनुसार नै जितेन्द्रको सरुवा डीबी मार्ग प्रहरी कार्यालयमा गरिएको हो । तर, उनले तलब बुझेको विषयमा अमिताभ बच्चनको कार्यालयसँग पनि जानकारी माग गरिएको छ ।
जितेन्द्र जहिले पनि अमिताभसँगै देखिन्थे । केही समयअघि सामाजिक सञ्जालमा उनको तलबबारे चर्चा सुरु भएको थियो । उनले मासिकरुपमा अमिताभसँग १२ लाख रुपैयाँ तलब लिने गरेको र साथै सरकारी तलब पनि बुझ्ने गरेको आरोप लगाइएको थियो ।
जितेन्द्रले बच्चन परिवारलाई निजी सुरक्षा पनि प्रदान गरेका कारण सो रकम बुझेको बताइएको छ । सन् २०१५ देखि अमिताभका लागि काम गरिरहेका उनको निजी सुरक्षा एजेन्सी पनि रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण