शान्ति मिसनको परीक्षा त्रुटिरहित बनाउन आईजीपीको निर्देशन
शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–एएमएस)लाई त्रुटिरहित बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको युएन शाखाले यसअघि लिएको परीक्षाको प्रश्नपत्र लिक भएको थियो । प्रश्नपत्र लिक गराउने मुख्य ३ जना सहित ११ जना प्रहरी अधिकारी कारवाहीको प्रक्रियामा छन् ।
शुक्रवार अपराध अनुसन्धान विभाग र युएन शाखाका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै आईजीपी थापाले परीक्षा मर्यादित बनाउन सम्बन्धित प्रहरी कर्मचारीहरूले पूर्ण इमान्दारीता एवम् उत्तरदायित्व वहन गर्नुपर्ने बताए । साउन १५ र १६ मा लिइएको परीक्षा रद्द गररेको प्रधान कार्यालयले भदौ १७ मा फेरि परीक्षा लिने भएको छ ।
परीक्षा सञ्चालनमा खटिने प्रहरी अधिकृतहरूले परीक्षाको गोपनियता लगायतका मापदण्ड पालना गर्नुपर्ने थापाले बताए । ‘विगतका कमजोरी नदोहोरिने गरी संवेदनशील भई आ–आफ्नो जिम्मेवारी वहन गर्नुस्’ प्रहरी महानिरीक्षक क्षेत्रीले भने–‘नियतवश हुने लापरवाही क्षम्य हुँदैन ।’
कार्यक्रममा प्रहरी प्रधान कार्यालय युएन शाखाका प्रहरी उपरीक्षक गंगा पन्तले परीक्षा सञ्चालनको तयारी सम्बन्धी प्रस्तुतिकरण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण