अरबाज खानले भने, 'मैले मलाइकामाथि कहिल्यै शंका गरिन'
बलिउड अभिनेता अरबाज खानले आफ्नी पूर्व पत्नि तथा अभिनेत्री मलाइका अरोरामाथि कहिल्यै शंकाको दृष्टि नराखेको बताएका छन् ।
सम्बन्धविच्छेदपछि मिडियालाई अन्तरवार्ता दिने क्रममा अरबाजले मलाइका र उनको सम्बन्धको बारेमा खुलासा गरेका हुन् ।
उनले भने, 'म र मलाइकाको विवाह प्रेमसम्बन्धमा रहेको ५ वर्षपछि भएको थियो । मैले प्रेमी वा पतिको रुपमा कहिल्यै पनि मलाइकामाथि शंकाको दृष्टिले हेरिनँ । मैले उनको काममाथि पनि कहिल्यै बन्देज लगाइनँ । उनी मलाई मन पर्ने र नपर्ने सबैकुरा जान्दथिन् ।'
अरबाज र मलाइकाबीच जुनसुकै कारणले सम्बन्ध टुटेपनि एक अर्कालाई माया र सम्मान गर्ने बताउँछन् ।
अरबाज र मलाइका सम्बन्धविच्छेदपछि पनि चर्चामा रहने गर्छन् । पछिल्लो समय मलाइका बलिउडकै अभिनेता अर्जुन कपूरसँग प्रेम सम्बन्धमा छिन् ।
मलाइका र अरबाजको विवाह सन् २०१७ मा भएको थियो । उनीहरुको विवाह १९ वर्षसम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण