यो साता ४ सयले बढ्यो सुनको मूल्य
यो साता नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले एक सातामा सुनको मूल्य ४ सय रुपैयाँले बढेको बताएको छ । अघिल्लो साताको शुक्रबार छापावाल सुनको प्रतितोला ९१ हजार २०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ४ सयले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको छ ।
शुक्रबार ९१ हजार २ सयमा रहेको छापावाल सुनको मूल्य यो साताको पहिलो कारोबार दिन नै ३०० ले घटेको थियो । त्यसपछि साताको बुधबार र विहीबार केही ओरालो लागेपनि त्यसबाहेकका दिनमा उकालो लाग्दा समग्रमा मूल्य बढेको हो ।
यस्तै, अघिल्लो साताको शुक्रबार तोलामा ९० हजार ७ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ४ सयले नै बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको छ । यसैगरी, यो साता चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । अघिल्लो साताको शुक्रबार चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १ हजार २०० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण