यो साता ४ सयले बढ्यो सुनको मूल्य

यो साता नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले एक सातामा सुनको मूल्य ४ सय रुपैयाँले बढेको बताएको छ । अघिल्लो साताको शुक्रबार छापावाल सुनको प्रतितोला ९१ हजार २०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ४ सयले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको छ ।
शुक्रबार ९१ हजार २ सयमा रहेको छापावाल सुनको मूल्य यो साताको पहिलो कारोबार दिन नै ३०० ले घटेको थियो । त्यसपछि साताको बुधबार र विहीबार केही ओरालो लागेपनि त्यसबाहेकका दिनमा उकालो लाग्दा समग्रमा मूल्य बढेको हो ।
यस्तै, अघिल्लो साताको शुक्रबार तोलामा ९० हजार ७ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ४ सयले नै बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको छ । यसैगरी, यो साता चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । अघिल्लो साताको शुक्रबार चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १ हजार २०० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदाय परिचालन जरुरी : मुख्यमन्त्री आचार्य
-
ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
कर्णाली प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत
-
लागु औषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
-
जेठ १५ र १९ गते बसेकाे मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (सूचीसहित)