हलिउड फिल्म 'सिटाडेल'को सेटमा प्रियंका चोपडालाई लाग्यो चोट
शनिबार, १२ भदौ २०७८, १२ : ३५
ग्लोबल आइकन प्रियंका चोपडालाई फिल्म सुटिङका क्रममा आँखीभौँमा चोट लागेको छ । उनको आँखीभौँमा हलिउड फिल्म 'सिटाडेल'को सुटिङका क्रममा चोट लागेको हो ।
फिल्म सेटमा एउटा सिनको सुटिङमा उनको आँखीभौँमा चोट लागेको हो । उनले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै आँखीभौँमा चोट जानकारी दिएकी छन् ।


उनले तस्बिर वास्तविक चोट र नक्कली चोट देखाएकी छन् । उनले पहिलो तस्बिरमा प्रियंका चोपडाको निधारमा रगत आएको छ भने दोस्रो तस्बिरमा प्रियंकाले क्यामेराको नजिक गएर आइब्रोको बीचमा भएको चोट देखाएकी छन् ।
'सिटाडेल'मा प्रियंका चोपडाले जासुसको भूमिका निभाएकी छन् । अभिनेत्री केही महिनादेखि लण्डनमा छिन् । उनी 'सिटाडेल' सिरिजको सुटिङ गरिरहेकी छन् । यो सिरिज अमेजन प्राइममा रिलिज हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण