सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिवानीले खोपिन् फहरानको ट्याटू

शनिबार, १२ भदौ २०७८, १४ : ५८
शनिबार, १२ भदौ २०७८

अभिनेत्री तथा टेलिभिजन प्रस्तोता शिवानी डान्डेकरले आफ्नो शरीरमा प्रेमी तथा बलिउड अभिनेता तथा निर्देशक फहरान अख्तरको ट्याटू खोपेकी छिन् । जन्मदिनको उपहारको रुपमा शिवानीले फहरानको नामको ट्याटू आफ्नो घाँटीमा बनाएकी हुन् ।

उनले नयाँ ट्याटूको तस्विर सामाजिक सञ्जाल इन्सटाग्रामको स्टोरीमा सेयर गरेकी थिइन् । ट्याटू बनाउने मिस्टर केले पनि उक्त फोटो सेयर गर्दै फहरान र शिवानीलाई ट्याग गरेका छन् । आफू ४२ वर्ष पुगेको अवसरमा शिवानीले फहरानको नामको ट्याटू बनाएकी हुन् । उता, फहरानले पनि इन्सटाग्राममा दुई जनाको तस्विर सेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन् ।

शिवानी र फरहान पछिल्लो तीन वर्षदेखि डेट गरिरहेका छन् । गत फेब्रुअरी २१ मा सम्बन्धनको तीन वर्ष पुरा भएको दुवैले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । फरहानले यसअघि हेयरस्टाइलिस्ट अधुना भबानीसँग विवाह गरेका थिए । उनका दुई सन्तान पनि छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप