सिएनआई र नाडाका प्रतिनिधिबीच भेटघाट
नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन र नेपाल उद्योग परिसंघका प्रतिनिधिबीच आज भेटघाट भएको छ । परिसंघको कार्यालयमा नाडाका प्रतिनिधि पुगेपछि दुई संस्थाबीच भेटघाट भएको हो । भेटका क्रममा नाडाका अध्यक्ष कृष्ण दुलालले परिसंघ र नाडाबीच सहकार्य हुनुपर्ने बताए । परिसंघको नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाल लगायतको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष दुलालले यस्तो प्रस्ताव गरेका हुन् ।
दुलालले दुई संस्थाहरु बीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, एकताबद्ध भएर अघि बढने र अन्य सम्भाव्य क्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढनुपर्ने बताए । सो छलफलमा अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरीय एशोसिएशनहरु स्थापना भइसकेको र नेपालमा अटोमोबाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको बताए । त्यसैगरी, उपाध्यक्ष करण चौधरीले नाडाका सदस्य संख्यामा उल्लेख्य रुपमा बृद्धि भएको बताउँदै परिसंघसँग सहकार्य गरेर अघि बढन चाहेको बताए ।
यस्तै,परिसंघका अध्यक्ष अग्रवालले नाडाका प्रतिनिधिलाई स्वागत गर्दै नाडासँग पहिलोपटक भेट भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकांश रुपमा अटोमोबाइल नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोबाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए ।
उनले नेपाल उद्योग परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारको लागि पहल गरिरहेको र यसबाट पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने बताउँदै उद्योग स्थापनाका लागि सरकारका तर्फबाट गरिनुपर्ने सहयोगका सम्बन्धमा समेत चर्चा गरे । भेटका क्रमममा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै त्यसको खाका तयार भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण