शान्तिप्रियको तीज गीत ‘फूलै फुल्यो तिउरी’
मङ्गलबार, १५ भदौ २०७८, ०९ : १५

तीजको अवसर पारेर विभिन्न गीतसङ्गीत भित्रिने क्रममा तीव्रता छाएको छ । यस्तैमा नियमित रूपमा गीत लेखनमा सक्रिय गीतकार एवं सञ्चारकर्मी शान्तिप्रियले तीज गीत ‘फूलै फुल्यो तिउरी’ दर्शकमाझ ल्याएका छन् ।
गीतमा चित्रकार, गायक तथा सङ्गीतकार ज्योति प्रकाशको सङ्गीत, दुर्गा परियारको स्वर, राजेन्द्र बजगाईंको एरेञ्ज र मनोज परियारको मिक्सिङ छ । मौलिक खालको गीतको भिडियोमा भने अनामिका चौलागाई र झरना परियारको अभिनय देख्न सकिन्छ । तीजकै शैलीमा तयार भिडियोको छायाँकार गोविन्द अञ्जान हुन्, भने नृत्य निर्देशन तथा सम्पादन राजीव बलामीले गरेका छन् । भिडियो शान्तिप्रियले नै निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला
-
अवैध आप्रवासीको डिपोर्टेसन तीव्र पार्न ट्रम्पको निर्देशन
-
अलग भए कुशल र शिवांगी
-
आफ्नो स्वार्थ पुरा गर्न योजना बैँकलाई हतियार बनाइयो : सांसद बस्नेत
-
दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर भेटियो
-
मौलाउँदै नकारात्मकता झाँगिदै निराशा