सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राज कुन्द्रा पोनोग्राफी प्रकरण : शर्लिन चोपडाले शिल्पालाई भनिन्, ‘पीडित युवतीहरूमाथि थोरै सहानुभूति देखाउनुस्’

मङ्गलबार, १५ भदौ २०७८, ०९ : ३९
मङ्गलबार, १५ भदौ २०७८

 

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा गत महिना पोर्न फिल्म निर्माण तथा प्रसारण गरेको अभियोगमा जेल परे ।  कुन्द्रा जेल परेसँगै उनीसँग जोडिएका विभिन्न मामिलाहरु बाहिरिने क्रम जारी नै छ । मुम्बई प्रहरीको अपराध शाखाले उनीमाथि छानबिन गरिरहेको छ । 

राज कुन्द्रासँग जोडिएकी अभिनेत्री शर्लिन चोपडाले पनि उक्त प्रकरणका सुरुदेखि नै बोल्दै आएकी छन् । उनले राज कुन्द्रामाथि विभिन्न आरोप लगाउँदै आएकी छन् । ​शर्लिन पुनः एक पटक सामाजिक सञ्जालमार्फत भिडियो सेयर गर्दै उक्त विषयमा बोलेकी छन् । उनले क्याप्सनमा लेखेकी छन्, ‘हे शिल्पा दिदि पीडित युवतीहरुप्रति थोरै भएपनि सहानुभूति व्यक्त गर्नुस् । यो मेरो तपाईंलाई बिन्ती छ । आफ्नो गल्ती स्वीकार गर्दा कोही पनि सानो हुँदैन । 

उनले आफ्ना पोस्ट्हरुलाई तोडमोड गरी सामाजिक सञ्जालमा पोस्ट् गर्ने गरिएकोप्रति पनि असन्तुष्टी व्यक्त गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप