रोनाल्डोले फर्गुसनप्रति समर्पित गरे आफ्नो पुनरागमन
क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब फर्कने निर्णय पूर्व प्रशिक्षक एलेक्स फर्गुसनप्रति समर्पित गरेका छन् । उनले भने, ‘जहाँको हुँ, त्यहीँ फर्केको छु । युनाइटेडले १ करोड ५० लाख युरो खर्चेर युभेन्टसबाट रोनाल्डोलाई क्लबमा भित्र्याएको हो । उनी एक दशकअघि युनाइटेडबाटै रियल म्याड्रिड गएका थिए ।
३६ वर्षका रोनाल्डोले दुई वर्षको सम्झौता गरेका छन्, यसमा एक वर्ष थप्न सकिने विकल्प पनि छ छ। ‘जसले मलाई चिनेका छन् । उनीहरू युनाइटेडसँगको कहिल्यै नसकिने मेरो प्रेमबारे पनि जानकार छन्,’ रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्,‘यो क्लबमा मैले बिताएका वर्षहरु साँच्चै रमाइला छन् र यो महान् संस्थाको इतिहासमा हामीले मिलेर बनाएको बाटो स्वर्ण अक्षरले लेखिएको छ । मेरो भावनालाई अहिल्यै म वर्णन गर्न सक्दिन । जब ओल्ड ट्राफोडमा म फर्किएको घोषणा विश्वव्यापी भएको छ ।’
उनले आफ्नो सपना साकार भएको बताएका छन् । ‘यो सपना साकार भएजस्तो हो । जब म अन्य क्लबका तर्फबाट म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्थेँ । त्यति बेला पनि मैले समर्थकहरुबाट ठूलो माया र सम्मान महसुस गरेको थिएँ ।’
रोनाल्डोले भने,‘म यहाँ छु । जहाँको हुँ, त्यही फर्किएको छु । यो फेरि एकपटक हो । सर एलेक्स फर्गुसन यो तपाईका लागि हो ।’
रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटेडबाट खेल्दा सर एलेक्स फर्गुसन प्रशिक्षक थिए । रोनाल्डोले यसक्रममा २ सय ९२ खेल खेल्दै १सय १८ गोल गरे ।
रोनाल्डोले अघिल्लोपटक युनाइटेडबाट खेल्दा ७ नम्बरको जर्सी लगाउने गरेका थिए । अहिले यो जर्सी एडिन्सन काभानीले लगाइरहेका छन् । काभानीले यो जर्सी रोनाल्डोलाई नै फिर्ता गर्ने इच्छा देखाएका थिए । तर प्रिमियर लिगको नियमअनुसार अति विशेष परिस्थितिबाहेक सिजन चलिरहँदा एउटा खेलाडीले लगाएको जर्सी अर्कोले लगाउन पाउँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण