कोरोना खोप लगाउनेको संख्या १ करोड नाघ्यो
बुधबार, १६ भदौ २०७८, १६ : ०९
नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । जसमध्ये ५४ लाख २४ हजार ८३६ जना अर्थात १८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ४६ लाख ६७ हजार ३२८ जना अर्थात १५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
नेपालमा कोभिशिल्ड, भेरोसेल, जोनसोन एण्ड जोनसोन र एष्ट्राजेनेका खोप दिने क्रम जारी छ । नेपालले यी खोप अनुदान सहयोग र खरिदमार्फत प्राप्त गरेको हो । अहिले झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको छ । गएको माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो । विश्वमा ५ अर्बभन्दा धेरैले कोरोना खोप लगाइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ
-
अभियुक्तको गाडीमा पूर्वप्रधानमन्त्री ओली
-
२९ वर्षीया युवतीले रोजिन् इच्छामृत्यु
-
मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
-
कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्ताैला
-
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने