सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिद्धार्थ शुक्लाको अन्तिम ‘पोस्ट’

बिहीबार, १७ भदौ २०७८, १२ : ४२
बिहीबार, १७ भदौ २०७८

अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण ४० वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार मुम्बईस्थित कुपर अस्पतालमा मृत्यु भएको हो ।

सिद्धार्थ शुक्लाको निधनपछि बलिउड स्तब्ध भएको छ । कलाकारहरुले उनको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । 

 

उनको निधन पश्चात उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ । उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै फ्रन्टलाइनमा काम गर्नेहरुलाई धन्यवाद दिएका थिए । उनले लेखेका छन्, ‘सबै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मनदेखि नै धन्यवाद । तपाईंहरु आफ्नो जीवनलाई जोखिममा राखेर लामो समय काम गरेर बिरामीहरुलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनुहुँदैन । तपाईंहरु वास्तवमा महान हुनुहुन्छ ।’

उनले अगाडि लेखेका छन्, ‘अग्रपंक्तिमा रहन सहज छैन । तर वास्तवमा तपाईंहरुको प्रयास सह्रानिय छ । #MumbaiDiariesOnPrime यी सुपरहिरोका लागि सेतो टोपी, नर्सिङ स्टाफ र उनीहरुको अतुलनीय बलिदानका लागि एक श्रद्धाञ्जली । २५ अगस्ट ट्रेलर आउट #TheHeroesWeOwe.'

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप